२१ पुष २०८१, आईतवार
ताजा खबर

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह सम्पन ।

नागरिक पोष्ट

शनिबार, १३ पुष २०८१

477 views

477 views

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह सम्पन ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त  समारोह प्रधानमन्त्री एवं त्रि॰वि का कुलपति केपी शर्मा ओलीको अध्यक्षता र प्रमुख अतिथि डा॰राम प्रकाश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । दिक्षान्तमा २०८० असार १ देखि २०८१ जेष्ठ मसान्त सम्म ट्रान्सक्रिप्ट लिई ६२ औं  ग्रेस लिष्टमा समावेश भएका ७४,१४९ विद्यार्थीहरु मध्ये १४,३०८ जना स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा विद्यार्थी दिक्षित हुनुका साथै विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरु विभिन्न पदक तथा पुरस्कारबाट विभुषित भएका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रगंशालामा आयोजित दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका  ३१,०९०, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १३,६२३, कानुन सङ्कायका ३,०८६, शिक्षाशास्त्र सङ्कायका ११,३१७, इन्जिनियरिङ अध्ययन संस्थानका ५,३०४ कृषि र पशुविज्ञान अध्ययन संस्थानका ६४८, वनविज्ञान अध्ययन संस्थानका ३०४ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७,००७ विद्यार्थी दिक्षित भएका छन् । ५० औं दिक्षान्त समारोहलाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री तथा कुलपती केपी शर्मा ओलीले दिक्षित विद्यार्थीहरुलाई देशको सर्वाङ्गीण विकाशको लागि काम गरी देश, समाज तथा परिवारको गरिमा र इज्जत राख्न अनुरोध गर्नुभयो ।"नेपाल वीरहरुको मात्रै नभई विद्वानहरुको समेत देश भएको र पिता पुर्खाहरुको गर्वीलो इतिहास सदा स्मरणीय रहेको" धारणा व्यक्त गर्नुभएको थियो । देशकै ठुलो र प्रतिष्ठित विश्वविद्यालयको रुपमा त्रिविले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको र सरकारले सबै विश्वविद्यालयहरुलाई थप व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको थियो ।

दिक्षान्त समारोहका प्रमुख अतिथी वरिष्ठ कृषि विज्ञ डा॰राम प्रकाश यादवले तराईको सामान्य परिवारमा जन्मेर विश्वकै प्रतिष्ठित सयुक्त राज्य अमेरिकाको ओरिगन स्टेट युनिभर्सिटी र कर्नेल विश्वविद्यालय सम्मको मेहनततपूर्ण प्राज्ञिक र व्यावसायिक गन्तव्यका अनुकरणीय यात्राका बारेमा दिक्षित विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । स्वामी विवेकानन्द र परमहंस योगानन्द साथै महात्मा गान्धीबाट प्रेरित भई आफुमा रहेको विश्वास र परम धैर्यता सफलताका प्रमुख अस्त्रहरु रहेको मान्यता राख्नु हुने उहाँले असल कार्य,इमानदारिता र लगनशिलताका साथ काम गरे अवसरहरु उपलब्ध हुने धारणा व्यक्त गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले ज्ञान, सिप र नवप्रवर्तनमा जोड दिदै एक अविचलित संस्थाको रुपमा आफुलाई स्थापित गरी अनुसन्धानमा लागिरहेको बताउनुभयो । विश्वविद्यालयहरुमा थुप्रै उपलब्धी सँगै चुनौतीहरु समेत रहेका र सवै समस्याहरुका समाधानका लागि व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने र विदेशलाई पहिलो रोजाईमा राखी पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु रोजगारको क्षेत्र र बजारको माग अनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गरी उद्योग र अन्तराष्ट्रिय संस्थाहरु सहकार्य गरी पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभएको थियो ।

 त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा॰डा॰केशरजड्ग बरालले ५० औं दीक्षान्त समारोहमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत गर्नुहुँदै देशको विकासका लागि सिपयुक्त स्तरीय उच्चशिक्षा प्राप्त जनशक्तिको अहम भूमिका हुने र देश वहुविश्वविद्यालयको अवधारणामा गएपनि उच्चशिक्षामा त्रिविको योगदान र भार नघटेको बताउनुभयो । उच्चशिक्षामा सरकारको बजेट पर्याप्त नभएको, प्रतिविद्यार्थी खर्च हुने ४० हजारले कस्तो गुणस्तर कायम गर्ने सोचनिय भएकोले सबै सरोकार पक्षबाट सहयोगको अपेक्षा गर्नुभयो । त्रिविका आङगीक क्याम्पसहरुको भौतिक अवस्था जर्जर भएको, भूकम्पले ध्वस्त भएका काठमाडौं उपत्यकाका आंगिक क्याम्पसका भौतिक संरचना आर्थिक अभावका कारणले पुननिर्माण गर्न नसकेको भन्दै त्रिविकै जनशक्तिहरु नेपाल सरकारका विभिन्न निकायहरु, व्यवसायिक क्षेत्र, शैक्षिक क्षेत्र, स्वास्थ क्षेत्र र राजनितिक क्षेत्र समेतको नेतृत्व गरिरहेको ले देशको भविष्य त्रिविमा निर्भर रहेकोले त्रिविको विकास नभए मुलुकलाई दिर्घकालिन असर पर्ने धारणा व्यक्त गर्नुभयो । त्रिविले हाल समयमै शैक्षिक क्यालेण्डर लागु गरिएको, प्रश्नपत्रहरु नेपाली र अंग्रेजीमा सोध्ने व्यवस्था गरिएको र त्रिविको समग्र पुनसंरचना गर्न लागेको जानकारी गराउनुभएको थियो ।समारोहमा त्रिविका शिक्षाध्यक्ष प्राडा॰खडग के॰सी , रजिष्ट्रार प्राडा॰केदारप्रसाद रिजाल लगायत त्रिवि सभाका सभासदहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?