३० फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

त्रिवीको ५०औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी दीक्षित हुँदै

नागरिक पोष्ट

शनिबार, १३ पुष २०८१

2840 views

2840 views

त्रिवीको ५०औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले बर्सेनि दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि समारोहको मोडेल परिवर्तन गर्ने भएको छ । स्नातकदेखि विद्यावारिधि सम्म उत्तिर्ण हुनेको संख्या बर्सेनि ७० हजार भन्दा बढी हुनु र दीक्षान्त समारोहमै ३० हजारभन्दा बढी सहभागी हुँदा ठाउँको अभाव र व्यवस्थापनमै कठिनाइ भएपछि विश्वविद्यालयले विकल्प खोजेको हो।

देशकै पुरानो त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा यो वर्ष १४ हजार विद्यार्थी दीक्षित हुँदैछन्। दीक्षीत हुने विद्यार्थीका कमसेकम १८ हजार अभिभावक सहभागि हुने दीक्षान्त समारोहमा ३२ हजार सहभागी हुनेछन्। दीक्षित हुने विद्यार्थीको ठूलो संख्या एउटै समारोहमा व्यवस्थापन गर्न विश्वाद्यालयलाई हम्मेहम्मे पर्ने गरेको छ।

यति ठूलो संख्यामा विद्यार्थी र अभिभावक भेला हुनका लागि आवश्यक स्थानको समेत अभाव हुँदा अर्को वर्षदेखि दीक्षान्त समारोहको विधि नै फेर्ने तयारी विश्वविद्यालयले गरेको छ। अब ६-६ महिनामा वा संकायगत रुपमा समारोह आयोजना गर्ने निर्णय भएको हो त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा डा केशरजंग बरालले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा ४ लाख ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । व्यवस्थापन, मानविकी, कानून, र शिक्षा गरी ४ वटा संकाय र चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु, वनविज्ञान र विज्ञान प्रविधि गरि ५ वटा अध्ययन संस्थानबाट गरि यस वर्ष ७४ हजार विद्यार्थी उत्तीर्ण भएका छन् । ‘आज हुने ५० औं दीक्षान्त समारोहमा १ सय ५४ विद्यावारिधि गरेका सहित १४ हजार विद्यार्थी दीक्षित हुँदैछन्,’ परीक्षा नियन्त्रण कार्यालय, त्रिविका नियन्त्रक प्रा पुष्पराज जोशीले बताउनु भयो ।

त्यसो त दीक्षान्त समारोहमा ठूलो संख्यामा विद्यार्थी र अभिभावक रंगशालामा आउने भएपछि ट्राफिक व्यवस्थापन गर्न अर्को चुनौती छ । त्यसैले विद्यार्थी र अभिभावकलाई पनि सहज हुने गरी दीक्षान्त समारोहलाई समय सापेक्ष परिमार्जन गरिने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?