बुधबार, ३ पुष २०८१
3180 views
3180 views
काठमाडौं । अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । यस हमलामा अन्य चार जना पनि घाइते भएका छन् । यो घटना सोमबार भएको हो । विद्यालयमा पुग्दा आक्रमणकारीको पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडित वा आक्रमणकारीको बारेमा कुनै जानकारी दिएको छैन। प्रहरीले गोली चलाउनुको कारण थाहा पाउन सकेको छैन । बीबीसीसँग सम्बद्ध सीबीएस न्यूज र अन्य मिडिया रिपोर्टहरूले आक्रमणकारी महिलाको रूपमा वणर्न गरिरहेका छन्।
म्याडिसनका प्रहरी प्रमुख शान बर्न्सले घटनास्थलमा अफिसरहरूले एउटा ह्यान्डगन बरामद गरेको बताए। अधिकारीहरूले घटनाका प्रत्यक्षदर्शीहरूलाई आफूले देखेका सबै कुराको जानकारी प्रहरीलाई दिन अपिल गरेका छन्।