७ मंसिर २०८१, शुक्रबार
ताजा खबर

तेमाल क्षेत्रका बाढी पिडितलाई नगद एवं खाद्यान्न वितरण

नागरिक पोष्ट

सोमबार, २६ कार्तिक २०८१

1735 views

1735 views

तेमाल क्षेत्रका बाढी पिडितलाई नगद एवं खाद्यान्न वितरण

काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बिभिन्न प्राकृतिक तथा दैविक प्रकोपबाट विक्षिप्त भई पिडित बनेको परिवारलाई तत्कालरुपमा राहत पुगोस् भनेर समाजमा कृयाशिल सामाजिक संघ संस्थाहरुको सकृयतामा राहत वितरण गर्ने कार्यहरु बढ्दै गएको छ ।  
यसै अनुरुप काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका अन्तर्गत ठुलो पर्सेलको युवाहरु र युवा क्लवद्धारा तेमाल गाउँपालिकाका बाढी पिडितलाई नगद  तथा खाद्यान्न वितरण गरिएको छ ।  
गत असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले क्षती पुर्याएको काभ्रे तेमाल ठुलोपर्सेलका पीडितहरुलाई आर्थिक सहयोगका लागि काभ्रे तेमाल ठूलो पर्सेलका युवाहरु राज लामा, मान बहादुर तामाङ(सिजन लामा), डेनी तामाङ र मुक्ते लामाको पहलमा ठूलो पर्सेल युवा क्लबको साझेदारिमा संकलित रु ७,५४,८३५÷हस्तान्तरण गरिएको छ । 
राहत वितरणको लागि अभियान चलाएर काभ्रे तेमालका युवाहरुले संकलन गरेको रकम ७,५४,८३५ रुपैयाँ साथै दाल, चामल, तेल, नुन जस्ता खाद्यन्न सामग्री समेत पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?