बिहीबार, २२ कार्तिक २०८१
1412 views
1412 views
पोखरा । शुक्रबारदेखि सुरु हुने ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस क्रन्ट्री रेस’ प्रतियोगितामा सहभागी हुने १३१ जनाको टोली लिएर एउटा चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
युन्नान प्रान्तको कुनमिङ विमानस्थलबाट १३१ जनाको चिनियाँ बोकेको सिचुवान एयरलाइन्सको एयरबस ३१९ नम्बरको चार्चर्ड विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो । पहिलो पटक पोखरा पुगेको उक्त जहाजलाई वाटर स्यालुट दिएर स्वागत गरिएको छ ।
पोखरामा शुक्रबारदेखि ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस क्रन्ट्री रेस’ प्रतियोगितामा हुँदैछ । त्यसमा चिनियाँ खेलाडी पनि सहभागी हुँदैछन् । जहाजमा केही चिनियाँ पर्यटक पनि आएका छन् ।
प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ ।
ती चिनियाँहरूलाई पोखरा विमानस्थलमा अवतरण गराएपछि सिचुवान एयरलाइन्सको उक्त जहाज अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेको छ ।