१८ मंसिर २०८१, मंगलवार
ताजा खबर

चाडपर्वको सामाजिक तथा साँस्कृतिक सँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

नागरिक पोष्ट

शुक्रबार, १६ कार्तिक २०८१

2449 views

2449 views

चाडपर्वको सामाजिक तथा साँस्कृतिक सँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिक तथा साँस्कृतिक सँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् ।

शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्न पुलको काम गरेको बताएका हुन् ।

 
उनले भने( ‘मान्छेले बसाइसराइ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ । एक अर्का वीचमा प्रेमभाव,सद्भाव बढाउँछ । तसर्थ चाडपर्व को सामाजिक तथा हाम्रो रितीरिवाज,परम्परा जर्गेना गर्ने साथै  मानवीयतालाई एकै ठाउँमा जोड्ने भएकोले पनि महत्त्व छ ।

उनले एउटा परिष्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैँमा ठुलो महत्त्व रहेको बताए । उनले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गरेको लेखकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?