मंगलवार, १८ मंसिर २०८१
919 views
919 views
चितवन । चितवनको भरतपुर १२ अवस्थित मोहन माध्यमिक विद्यालयमा 'विद्यालयमा सुरक्षित सिकाई' (learning environment in school) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा मोहन माध्यमिक विद्यालय भरतपुर १२ का प्र अ पशुपति घिमिरे, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवन अध्यक्ष पार्वती घिमिरे दवाडी, NCE Nepal चितवन सचिव कमलराज खनाल, जिल्ला समिति चितवन कोषाध्यक्ष अनिता नेपाली, चितवनपोष्ट राष्ट्रिय दैनिक पत्रिकाका सम्वाददाता किशोर खनाल, सहायक प्रधानाध्यापक प्रेम बराल लगायत उपस्थिति रहेको थियो ।
मोहन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा NCE नेपाल चितवन जिल्ला संयोजक रामचन्द्र आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भरतपुर १२ आश्था चोकका माथिल्लो कक्षामा अध्ययनरत ६० जना भन्दा बढी विद्यार्थीहरू सहभागि भएको कार्यक्रममा लैङ्गिक हिंसाले विद्यार्थीको पढाइमा पार्ने असर र हिंसा हुन नदिन अपनाउनुपर्ने सावधानी तथा हिंसा, दुर्ववहार भएमा गर्नुपर्ने क्रियाकलापका बारेमा विद्यार्थीहरुलाई सिकाइएको थियो ।