१९ मंसिर २०८१, बुधबार
ताजा खबर

रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगियो

नागरिक पोष्ट

मंगलवार, १८ मंसिर २०८१

766 views

766 views

रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएका उनलाई यहाँको बयान सकिएपछि आज बुद्ध एयरको जहाजमार्फत चितवन लगिएको हो ।

चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार उनलाई चितवन लगिएको प्रहरीले जनाएको छ ।

यसअघि सहकारी ठगी प्रकरणमा लामिछानेसँग कास्कीको पोखरा, रुपन्देहीको बुटवल र काठमाडौंमा बयान लिइसकिएको छ ।

लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीबाट रकम गोर्खा मिडिया नेटवर्कमार्फत रकम अपचलन गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?