३० आश्विन २०८१, बुधबार

ताजा खबर

कृर्षी बिकास बैककाे सहयाेग जाल्पा देबी आभारभुत विध्यालयलाई

नागरिक पोष्ट

बुधबार, २३ आश्विन २०८१

1055 views

1055 views

कृर्षी बिकास बैककाे सहयाेग जाल्पा देबी आभारभुत विध्यालयलाई

मिति २०८१/६/१६ गते कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जाल्पा देवि आधारभुत विध्यालय, सूर्यगढी-५, नुवाकोटलाई ल्यापटप, पोशाक र अन्य शैक्षिक सामाग्री  प्रदान गरेको छ। उक्त बिध्यालयमा  एक कार्यक्रमका बिच कृषि विकास बैंक लि.मार्केटिङ्ग एण्ड सेल्स बिभागका बरिष्ठ शाखा प्रमुख एवं प्रमुख अतिथी श्री सुरेश थापाले उक्त सामग्री विध्यालयका प्रधानाध्यापक श्री लोकनाथ भट्टराईलाई हस्तान्तरण गर्नु भएको थियो।

 उक्त कार्यक्रममा कृषि विकास बैंक लि. का तर्फबाट वरिष्ठ शाखा अधिकृत श्री रिद्धी ठाकुर, शाखा छहरेका प्रबन्धक श्री दीपक श्रेष्ठ एवं श्री खुल्लाराम पौडेल र स्थानिय निकायका पधादिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

प्रमुख अतिथी थापाले कृषि विकास बैंक लि. ले सामाजिक कार्यमा गरेको योगदानको चर्चा गर्नु भएको थियो। त्यसै गरी प्रधानाध्यापक श्री लोकनाथ भट्टराई र स्थानीय निकायका पदाधीकारीहरुले कृषि विकास बैंक लि.लाई उक्त विध्यालयलाई  सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक  कार्यक्रममा सहयोगको अपेक्षा रहेको बताउनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?