३ आश्विन २०८१, बिहीबार

ताजा खबर

शिव बस्तीमा जारी महायज्ञमा एकैदिन १५ लाख बढी संकलन

नागरिक पोष्ट

मंगलवार, १ आश्विन २०८१

987 views

987 views

शिव बस्तीमा जारी महायज्ञमा एकैदिन १५ लाख बढी संकलन

ललितपुर । गाेदावरीमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन भएको छ । महायज्ञको पाँचौं दिन अर्थात शनिबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १५ लाख भन्दा बढी दान रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । 

महायज्ञले शिव बस्तिलाई धार्मिक क्षेत्रका रूपमा चिनाउन सहयाेग पुग्ने उहाँकाे विश्वास छ । वडा अध्यक्ष घिमिरेले भन्नुभयाे , ‘शिव बस्तीकाे प्रचार प्रसारकाे कमि भएको छ, याे बस्ती धार्मिक, साँस्कृतिक एवं पर्यटकीय स्थल पनि हाे । यहाँका  नागरिकहरू महादेवकाे दर्सन गर्नका लागि अन्य ठाउँ जानु नपरोस् भनेर विशाल शिव मुर्तिसहित शिवजी धाम निर्माणार्थ महायज्ञमार्फत् आर्थिक संकलन गर्न लागेका हौं ।’

गोदावरी न.पा.-३ स्थित शिव बस्तीमा विशाल महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सुप्रसिद्ध कथा वाचिका राधिका दासी माता ज्युकाे मुखारबिन्दुबाट कथा वाचन भईरहेकाे छ ।महायज्ञमा उपस्थिति भई गूरू बाल याेगेश्वर विजयमुर्ति महाराज(विजय भण्डारी) ले महायज्ञकाे शुभकामना व्यक्त गर्नुहुदै धार्मिक, साँस्कृतिक, प्रकृतिले भरिपुर्ण गाेदावरीमा शिवजी धाम निर्माण हुनु एकदम राम्रो पक्ष भएको बताउनुभयाे । त्यति मात्रै हाेईन उहाँले वडा अध्यक्ष राज घिमिरेकाे चर्चा समेत गर्नुभयाे ।

अहिले सामाजिक सञ्जालमा ऐतिहासिक पशुपति काेटिहाेमकाे  आम्दानी र खर्चका विषयमा विभिन्न टीका टिप्पणी आईरहेकाले आम भक्तजनहरूमा बाहिर हल्लाका पछाडि नलाग्न अनुराेध गर्नुहुँदै बाल याेगेश्वर विजयमुर्ति महाराजले आगामी मंसिर भित्रमा  छाेरिकाे घर जेष्ठ नागरिक आश्रम र मामाघर अनाथालय आश्रमकाे भवन शिलान्यास गरी भवन निर्माण शुरू गर्ने उद्घाेष गर्नुभयाे । 

महायज्ञ भाद्र ३१ गते आईतबार सम्म मात्रै संचालन हुने  पाथीभरा महिला समुहकी अध्यक्ष भगवती कार्की बुढाथोकीले जानकारी दिईन् । महायज्ञपश्चात् शिव बस्तीमा शिवजी धाम बन्नेमा उनी विश्वस्त छिन् । यस्तै , सम्पूर्ण दानबिर दाताहरूलाई धन्यवाद व्यक्त गर्दै संयाेजक राज घिमिरेले सबै भक्तजनलाई शान्तिपूर्वक कथा श्रवण गर्न आउन अनुरोध समेत गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?