३ आश्विन २०८१, बिहीबार

ताजा खबर

रास्वपाको प्रथम अधिवेशन गर्न राष्ट्रिय भेला शुरु

नागरिक पोष्ट

मंगलवार, १ आश्विन २०८१

511 views

511 views

रास्वपाको प्रथम अधिवेशन गर्न राष्ट्रिय भेला शुरु

 काठमाडौं । घण्टी बजाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला शुरु भएको छ ।
काठमाडौं प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला २०८१ असोज २ गते बुधबारसम्म चल्नेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुने पार्टीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?