३ आश्विन २०८१, बिहीबार

ताजा खबर

आईफोन १६ प्रो र प्रो म्याक्स मोडेल सार्वजनिक, सुरुवाती मूल्य १ लाख ३३ हजार

नागरिक पोष्ट

बिहीबार, २७ भाद्र २०८१

1769 views

1769 views

आईफोन १६ प्रो र प्रो म्याक्स मोडेल सार्वजनिक, सुरुवाती मूल्य १ लाख ३३ हजार

काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो । 

 


प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ ।


यी फोनमा भएको डिस्प्ले आईफोनमा भएको सबैभन्दा ठूलो डिऊ रहेको दाबी गरिएको छ । 


यसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ । कम्पनीले यी मोडेलमा प्रो मोसन डिस्प्ले उपलब्ध गराएको छ । 


फोनको फ्रेममा भने फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ । यसअघिको आईफोन १५ प्रो मोडलभन्दा यो फ्रेम बढी बलियो र टिकाऊ हुने दाबी कम्पनीको छ । 


यसमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ । यद्यपि ब्याट्रीको क्षमता भने खुलाइएको छैन । 


त्यसबाहेक यी मोडेलमा अहिलेसम्मकै राम्रो ब्याट्री रहेको कम्पनीको दाबी छ । 


यी मोडेलमा एप्पल इन्टेलिजेन्सका सबैभन्दा स्तरीय फिचरहरू प्रयोग गर्न सकिनेछ । 


एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ प्रो मोडेलको सिरीलाई जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक तपाईंले भनेकै भरमा सिरीले नोट एप खोलेर तपाईंले भनेको कुरा टाइप गरिदिनेछ । 


यसमा भएको एआईले नै फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ । 


यी मोडेल ए १८ प्रो बायोनिक चिपसेटद्वारा सञ्चालित छन् । यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले जनाएको छ ।  यसमा १६ कोर न्युरल इन्जिन लाईछ । जेनेरेटिभ एआई फिचरका लागि ३६ ट्रिलियन अपरेसन प्रति सेकेन्ड काम गर्न सक्ने बताइएको छ । यसमा १७ प्रतिशत बढी मेमोरी ब्यान्डविथ छ । जीपीयूका सन्दर्भमा यसमा ६ कोर जीपीयू छ । ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ । त्यस्तै ए १७ प्रोभन्दा यो चिपसेट दुई गुणा तिब्र क्षमताको छ ।


फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ । त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ । यसमा अटो फोकसको सुविधा पनि छ । 


टेलिफोटो क्यामेराका सन्दर्भमा यसमा १२ मेगापिक्सेलको फाइभ एक्स जिम टेलिफोटो क्यामेरा रहेको छ । यसमा रहेको क्यामेरा कन्ट्रोल बटनबाटै फोटो वा भिडिओ स्विच गर्न सकिन्छ । फोटो वा भिडिओको एक्सोजर पनि क्यामेरा कन्ट्रोल बटनबाट मिलाउन सकिने छ ।


सब्जेक्ट फोकस नहटाई फ्रेम मिलाउन सकिने पनि क्याप्चर बटनले सहयोग गर्नेछ । कन्ट्रोल प्याडबाट फोटोको कलर एड्जस्ट गर्न सकिने छ भने क्यामेरा कन्ट्रोल बटनबाटै कलर ग्रेडियन्ट मिलाउन सकिने छ ।


भिडिओका सन्दर्भमा यसबाट फोरके रेजोलुसनसम्मको भिडिओ खिच्न सकिनेछ । १२० एफपीएसमा यसबाट सिनेम्याटिक स्लोमोसन भिडिओका खिच्न सकिनेछ । 


१२० एफपीएसमा अन्य किसिमका भिडिओ पनि खिच्न सकिने बताइएको छ । 


एकै पटक भिडिओ खिच्दा कति फ्रेममा खिच्ने भन्ने तत्कालै सेट गर्न सकिने छ । त्यसबाहेक क्याप्चर बटनबाटै विभिन्न साइजको फोटो खिच्न सकिनेछ । 


अडियोका सन्दर्भमा यसमा चार ओटा स्टुडिओ क्वालिटी माइक छन् । गुणस्तरीय अडियो रेकर्ड गर्न यी माइक उपयुक्त हुने दाबी कम्पनीको छ । 


एयरपड्स प्रो र भिजन प्रोका लागि उपयुक्त हुने अडियो पनि यिनै माइकको सहायताले रेकर्ड गर्न सकिन्छ ।


आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?