७ कार्तिक २०८१, बुधबार

ताजा खबर

स्त्री-२ ले पाँच दिनमा कति कमायाे ?

नागरिक पोष्ट

मंगलवार, ४ भाद्र २०८१

2585 views

2585 views

स्त्री-२ ले पाँच दिनमा कति कमायाे ?

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन सोमबार मात्र ३८ करोड ४० लाख भारु कमाई गरेको छ ।

 

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २४२ करोड ४० लाख कमाई गरिसकेको छ । 

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख र आइतबार ५८ करोड २० लाख कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । 

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?