७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेता-कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ

नागरिक पोष्ट

सोमबार, ३ भाद्र २०८१

3061 views

3061 views

नेता-कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी प्रतिपक्षी माओवादी केन्द्रले कांग्रेस-एमाले मिलेर बनेको सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई सर्कुलर गरेको छ ।

 

हाले बसेको पार्टीको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले आइतबार सर्कुलर जारी गरेका हुन् ।

माओवादीले नेपाली कांग्रेस र नेकपा एमालले गरेको ७ बुँदे सहमति पश्चगामी र प्रतिगामी कदम रहेको तर्क गरेको छ । ‘संविधान संशोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा दश वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक– समावेशी लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ’ परिपत्रमा भनिएको छ, ‘विधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावाद तर्फ लैजाने दिशामा उद्धत देखिन्छ ।’

भ्रष्ट्राचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियत कांग्रेस र एमालेमा देखिएको जिकिर गरिएकाे छ ।

‘अतः आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन सबै कमरेडहरूप्रति हार्दिक आग्रह सहित बैठकको समापन गर्नुभयो’, सर्कुलरमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?