७ कार्तिक २०८१, बुधबार

ताजा खबर

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

नागरिक पोष्ट

आईतवार, २ भाद्र २०८१

2823 views

2823 views

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदै छिन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।


भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?