७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अर्थ मन्त्रालयले तयार पा¥यो १०० दिनमा सम्पादन गर्ने कामको योजना

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

3469 views

3469 views

अर्थ मन्त्रालयले तयार पा¥यो १०० दिनमा सम्पादन गर्ने कामको योजना

काठमाडाैं । अर्थ मन्त्रालयले १०० दिनमा सम्पादन गर्ने कामको कार्ययोजना तयार गरेको छ ।

कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायत याेजना छन् ।

यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावाली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत सिर्जित दायित्व एकिन गरी भुक्तानी गर्ने उल्लेख छ ।

कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने उल्लेख छ ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि, २०८१ तयार पारी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालयर निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण एकिन गर्नेलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?