७ कार्तिक २०८१, बुधबार

ताजा खबर

परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाँदै

नागरिक पोष्ट

शुक्रबार, ३२ श्रावण २०८१

2160 views

2160 views

परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आगामी आइतबार (भदौ २ गते) भारत भ्रमणमा जाने भएकी छन् ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणको स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?