७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सार्वजनिक सवारीमा सीसीटीभी फुटेज राख्न गृह मन्त्रालयको निर्देश

नागरिक पोष्ट

बिहीबार, ३१ श्रावण २०८१

2721 views

2721 views

सार्वजनिक सवारीमा सीसीटीभी फुटेज राख्न गृह मन्त्रालयको निर्देश

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा सीसीटीभी फुटेज राख्न  निर्देशन दिएको छ ।

 

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नारायणगढ- मुग्लिन सडक खण्डको पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर वेपत्ता भएको घटनाको सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै १२ बुँदे  निर्देशन दिएको हो । 

मन्त्रालयले सवारी साधनमा जीपीएस प्रणाली जडान गर्ने,तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने, यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने लगायत निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?