७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नारायणगढ–बुटवल सडक अवरुद्ध

नागरिक पोष्ट

बुधबार, ३० श्रावण २०८१

2381 views

2381 views

नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।


जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो ।

उनले सडक सञ्चालनको प्रयास जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?