७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

नागरिक पोष्ट

आईतवार, २७ श्रावण २०८१

2296 views

2296 views

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।


केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।


परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए । विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्  । उनी भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?