७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कर्णाली राजमार्ग पुनः अवरुद्ध

नागरिक पोष्ट

आईतवार, २७ श्रावण २०८१

1939 views

1939 views

कर्णाली राजमार्ग पुनः अवरुद्ध

मान्म  । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत जुम्ला सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आज बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।


शनिबार कर्णाली राजमार्गको कालिकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक आज बिहानबाट सञ्चालनमा आएको थियो ।  वर्षा सुरु भएयता गगने खोला र एस मोडमा मात्र नौ पटक पहिरो खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?