७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल विद्युत प्राधिकरणको कुल सम्पती ६ खर्ब ३२ अर्ब नाघ्याे

नागरिक पोष्ट

शनिबार, २६ श्रावण २०८१

2823 views

2823 views

नेपाल विद्युत प्राधिकरणको कुल सम्पती ६ खर्ब ३२ अर्ब नाघ्याे

काठमाडाैं, २६ साउन । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणको सम्पती बढेर ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेकाे छ ।

८ वर्ष अघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा  १ खर्ब ११ अर्ब रूपैयाँ रहेकाे प्राधिकरणकाे कुल सम्पत्ति हाल ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेकाे हाे ।

यस्तै अन्तराष्ट्रिय परामर्सदाता मार्फत सम्पतिकाे वास्तविक मूल्याङ्कन गरेकाे प्राधिकरणले जनाएकाे छ । जसबाट प्राधिकरणकाे सम्पत्तिमा अझै बढाेत्तरी हुने विश्वास व्यक्त गरीएकाे छ ।

यस्तै प्राधिकरणले संस्थाकाे वित्तिय अवस्था थप सुधार, संस्था भित्रकाे सुशासन, हरेक नागरिककाे घरमा विद्युत पुर्याउन विद्युतिकरण, विद्युत आपुर्ति पर्याप्त, भरपर्दाे गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरण तर्फका पूर्वाधार संरचना विस्तार एवं सुदृढिकरण, उत्पादन तर्फका ठूला आयाेजना अगाडी बढाउने, आन्तरीक खपत वृद्धि तथा निर्यात लगायतलाइ उच्च प्राथिकतामा राखि काम अघि बढाइएकाे प्राधिकरणले जनाएकाे छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?