७ कार्तिक २०८१, बुधबार

ताजा खबर

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी रहने

नागरिक पोष्ट

शनिबार, २६ श्रावण २०८१

3350 views

3350 views

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो सुरु बैठकमा आज सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने छन् ।

हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।


बैठकले प्राकृतिक विपद्, सडक तथा विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?