७ कार्तिक २०८१, बुधबार

ताजा खबर

दरबारमार्गको भ्वाङ परेको सडकमा खस्दा इन्स्पेक्टर बुढाथोकी घाइते

नागरिक पोष्ट

शुक्रबार, २५ श्रावण २०८१

2534 views

2534 views

दरबारमार्गको भ्वाङ परेको सडकमा खस्दा इन्स्पेक्टर बुढाथोकी घाइते

काठमाडौं । काठमाडौँ महानगरपालिकास्थित दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्।


दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा खसेर घाइते भएका हुन्।

स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि इन्स्पेक्टर बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा खसेका हुन् ।

बुढाथोकीको वीर अस्पताल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?