७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सरकारमा सहभागी हुनासाथ दुई ठुला हवाई दुर्घटनाभएपछि पर्यटनमन्त्री अलमलमा

नागरिक पोष्ट

बिहीबार, २४ श्रावण २०८१

3061 views

3061 views

सरकारमा सहभागी हुनासाथ दुई ठुला हवाई दुर्घटनाभएपछि पर्यटनमन्त्री अलमलमा

काठमाडौं । पर्यटनमन्त्री स्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

 

पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर घोत्लिएको बताएका छन् । संसदीय समितिमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

“यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,” उनले भने, “मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन । मेरो नैतिकताको विषय यसमा जोडिएको छ ।  म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु । मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु । विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु । ”

उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्यो सबै उस्तै रहेको बताए ।

“संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ । म साधारण मानिस हुँ । म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,” उनले भने, “आफूप्रति म विश्वस्त छु । नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ । मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ! तथाकथित लोकप्रियताको काममात्रै हुने हो कि भन्ने पनि परेको छ ।

 कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन । मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?