७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने

नागरिक पोष्ट

बुधबार, २३ श्रावण २०८१

1735 views

1735 views

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर जाने भएका छन् ।

आज अपराह्न ५ बजे राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन खेल हुँदैछ । प्रधानमन्त्री ओली भने अपराह्न सवा ४ बजे नै त्यहाँ पुग्ने जनाइएको छ ।


घरेलु टोली नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

यसअघि समूह चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?