सोमबार, १४ श्रावण २०८१
5101 views
5101 views
काठमाडौं । क्यानडाको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सहभागी टोरोन्टो नेसनल्स तेस्रो खेलमा पराजित भएको छ। सुरुका दुई खेलमा विजयी भएको टोरोन्टो तेस्रो खेलमा सर्रे ज्यागुअर्ससँग ८० रनले पराजित भएको हो।
सुरुमा ब्याटिङ गरेको सर्रेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरोन्टो १७.१ ओभरमा ८१ रन बनाउँदै अलआउट भएको हो। रोहितले २५ बलको सामना गर्दै मात्र १० रन जोडे। धेरै बलको सामना गरे पनि उनले रन जोड्न नसकेका हुन्।
टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक २१ रन जोडे। रासी भानले १५ रन जोड्दा निकोलस किर्टनले ११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
तीन खेलबाट चार अंक बनाएको टोरोन्टो तालिकाको दोस्रो स्थामा झरेको छ। टोरोन्टोलाई पराजित गरेको सर्रे भने २ अंकसहित तेस्रो स्थानमा छ।
सोही प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी भ्यानकुभर नाइट्स भने तीन खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।