२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

नागरिक पोष्ट

बिहीबार, १० श्रावण २०८१

2636 views

2636 views

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

 

यससँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन् । उनी उमेर हदका कारण अवकाश लिँदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?