२३ भाद्र २०८१, आईतवार

ताजा खबर

भारतिय बजेट सार्वजनिकः नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

नागरिक पोष्ट

बुधबार, ९ श्रावण २०८१

1633 views

1633 views

भारतिय बजेट सार्वजनिकः नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

काठमाडौं । मंगलबार भारत सरकारले वित्त वर्ष २०२४/ ०२५ को युनियन बजेट सार्वजनिक गरेको छ ।

भारतले नेपाललाई दिने अनुदान रकम ५० करोड भारतीय रुपैयाँ बढाएको छ ।नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नेपालका लागि ७ अर्ब भारतिय रुपैयाँ अर्थात् ११ अर्ब २० करोड रुपैयाँ अनुदान छुट्याइएको जानकारी दिइन् ।

गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३र२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । तर अन्तरिम बजेट पेश गर्दै यसपटक गएको फेब्रुअरी १ मा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु पुर्‍याइएको थियो ।

चुनाव सकिएपछि ल्याइएको पूर्ण बजेटमा पनि भारतीय वित्तमन्त्री सीतारमणले मंगलबार २०२४/२५ को बजेट पेश गर्दै नेपाललाई दिने अनुदान ७०० करोड पुर्याएकी छिन् ।

अघिल्लो आर्थिक वर्ष २०२२/२३ मा भारतले बजेटमार्फत नेपालका लागि ४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुदान घोषणा गरेको थियो ।

भारतले पाकिस्तान बाहेक सीमा स्थल तथा जल सीमा जोडिएका छिमेकीहरूलाई वर्षेनी बजेटमा अनुदान छुट्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?