८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

गोप्य राखियो मन्त्रिपरिषद् बैठकका निर्णय

नागरिक पोष्ट

सोमबार, ७ श्रावण २०८१

3333 views

3333 views

गोप्य राखियो मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय गाेप्य राखिएकाे छ ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बैठक सकिने बित्तिकै प्रधानमन्त्रीकाे सचिवालयबाट अनाैपचारिक रुपमा र अर्काे दिन सञ्चारमन्त्रीले पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्ने प्रचलन रहेको थियाे ।

 

तर केपी ओली नेतृत्वको सरकार बनेलगत्तै मन्त्रिपरिषद्को बैठक सकिएकाे २४ घण्टापछिमात्रै निर्णय सार्वजनिक गर्ने बैठकले निर्णय गर्याे ।

साेही अनुसार आजको मन्त्रिपरिषद् बैठकका कुनै पनि निर्णय सार्वजनिक भएनन् ।

सरकारले भाेली पनि नभइ पर्सीमात्रै आजका बैठकका निर्णय सार्वजनिक गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

यसले वर्तमान सरकार आगामी दिनमा सूचना सार्वजनिक गर्नभन्दा लुकाउन उद्धत हुने लक्षण देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?