१० मंसिर २०८१, सोमबार
ताजा खबर

परदेशमा छोराछोरी भएका बाबुआमाको उत्तरार्धको जिन्दगी

नागरिक पोष्ट

सोमबार, ७ श्रावण २०८१

6546 views

6546 views

परदेशमा छोराछोरी भएका बाबुआमाको उत्तरार्धको जिन्दगी

शरद पाैडेल

लामाटार, ठूलाघर ।

काठमाण्डाैँ ।

सामाजिक संजाल र प्रविधिले  एक वनाएको विश्वमा नागरिकहरू को कहां, को कहां जानु कुनै अश्वाभाबिक होइन । यसमा कसैले रोक्न खोजेर पनि रोक्न सक्दैन । अफ्नो खुबी अनुसार रोजगारीको लागि मानिस जहाबाट पनि जहा जान सक्ने अवस्था रहेको छ अहिले ।  

भन्नेले जे जे भने पनि पहिलाको जस्तो अव मेरो बाउ मेरो आमा मेरो श्रीमती मेरा वच्चा भनेर घरब्यवहार चलाउने दिनहरू गए । एकदम कस्टकर वन्दै गएको छ आजको जिन्दगी ।

 

खेतीपातीहरू सवै खन्डीकरण भइ सके । उब्जनी हुन छोडिसक्यो । अव खेतीले परिवार पाल्ने दिनहरू सकिसक्यो । सानोतिनो पैसाले घरब्यवहार चलाउन एकदम कठीन भै सक्यो । वच्चाहरूलाइ पढाउन पनि मनग्गै पैसा चाहिने समय आयो । एउटा सामाजिक कार्य गर्न परे निकै ठूलो धनराशी खर्च हुने अवस्था छ । राज्यले नागरिकको स्वास्थ्यमा कुनैपनि ध्यान नदिएपछि ठूलो रोग लागेमा उपचार गर्दागर्दै भएको घरखेत पनि सकिने अवस्था छ । धनी असाध्यै धनी, गरीव असाध्यै गरीव वन्दै गइ रहेका छन । राज्यले नागरिक प्रति कुनै उत्तरदायित्व वहन नगरेपछि नागरिकहरू आफ्नो सुन्दर भविष्यको लागि आफ्नो हैसियत अनुसार बैदेशिक रोजगारीको लागि जानु कुनै अचम्म होइन ।

 

 

पहिले नेपाल गाउ नै गाउले भरिएको देश थियो । गाउंमा सवैको समान हैसियत थियो । पैसा कोइसंग पनि हुदैन थियो । धनि भनेको दुइचार रोपनी वा दुइचार विगा जमिन वढी भएको मान्छे मात्र हुन्थे । सवैको समान हैसियत भएपछि कसैसंग कसैको प्रतिस्पर्धा गर्न जरूरी पनि थिएन । अब त्यो अवस्था त रहेन देशमा । एशियाका दक्षिण कोरिया, जापान, सिंगापुर जस्ता देशहरूले आफ्ना नागरिकहरूलाइ केन्द्रमा राखेर विकास गरे, देश समुन्नत भयो । ति देशका नागरिकहरूलाइ रोजगारीको लागि अरू देशमा जानुपर्ने अवस्था भएन । हाम्रो देश कुरामा स्वीट्जरलैड वनाउने काममा सवैले देखेकै छौं ।

 

नेपालीहरूको देशमा वस्ने चाहना हुदाहुदै पनि वाध्यता वस विदेश जानु परेको कारण यही हो । कुनै पनि अभिवाबकलाइ आफ्नो वच्चाले १२ सकिन नपाइ कन्सलटेन्सी पठाउने रहर हुदैन । तर पनि विवस छन अभिवाबकहरू । यसको परिणाम अहिले हरेक घरका एक वा दुइ जना त विदेशमा छन् छन् ।

 

जव विदेशमा पढाइ सकिन्छ देशमा फर्केर के गर्ने, उमेर पनि गै सकेको हुन्छ ।  लामो समयसम्म विदेश वसेपछि एकप्रकारको देशसंग सम्वन्ध नै टुटेजस्तो हुन्छ उसलाइ । उसका साथीसंगातिहरू, नातागोताहरू सवै यताउता भैसकेका हुन्छन । त्यस्तो अवस्थामा उसलाइ झन पीडा हुन्छ यहां । त्यसैले पढाइ सकेपछि फर्कनु भन्दा विदेशमै यताउता, यसोउसो गरेर भएपनि उतै लतारिएर वस्न वाध्य हुन्छन । यसो गर्दा त देश फर्कने भन्ने त कमै चान्स हुनेनै भयो ।

 

सवैभन्दा ठूलो सामाजिक समस्या छोराछोरी विदेशमा वस्ने भन्दापनि देशमा वस्ने बाबुआमाको छ । यसरी परिवारको सदस्यहरू देशमा नहुंदा घरमा वांकी भनेको बाबुआमा मात्र हुन्छन । तिनमा पनि सवैको मिल्ती हुन्छ भन्ने पनि हुदैन । हाम्रो संस्कार अनुसार श्रीमान श्रीमतीको सम्वन्ध जस्तो भएपनि लाजगाल समाजको, लोकाचारको लागि भएपनि छोराछोरीको मुख  हेरेर चित्त वुजाएर वस्ने परम्परा अनुसार चुपचाप वसेका हुन्छन । जव मुख हेरेर वस्ने छोराछोरी हुदैनन त्यो वेलामा अर्को समस्या बाबुआमामा सुरू हुन्छ । जसको घरमा दुवैजनाको पहिलेदेखि नै समजदारी छ माया, प्रेम, समर्पण हुन्छ । त्यो परिवारमा छोराछोरी नहुंदा पनि आमाबाबु हांसीखुसी सुखमय तरिकाले वस्छन र तिनको जीन्दगी वालवच्चा नहुंदा पनि राम्रोसंग चल्छ ।

 

जुन घरमा बाबुआमामा अहं छ । उसले उसलाइ दोष लगाउने, उसले उसलाइ दोष लगाउने गर्छन भने दुवैजनासंगै वसेपनि एक्लाएक्लै हुन्छन । यस्तो अवस्थामा सवैभन्दा ठूलो रोल श्रीमतीको हुन्छ जस्तो लाग्छ । श्रीमतीले सवै कुरो विर्सेर आदरभाव दर्शाउछिन, श्रीमान प्रति समर्पणभाव देखाउंछिन, अव श्रीमानसंग मैले जोरी खोजे भने मलाइ नै घाटा हुन्छ । म संग गुण पनि छैन, शीप पनि छैन महिला भएकै अधारमा मैले श्रीमानको चरित्र हत्या गरें भने आफैलाइ हानी हुन्छ भन्ने संझेर जे जस्तो भएपनि श्रीमानश्रीमती भनेको ढुंगाको भर माटो, माटोको भर ढुंगा संझेर वसिन भने उनको लागि पनि वांकी जीवन सहज हुन्छ । नत्र सहजै अनुमान लगाउन सकिन्छ त्यो घरको अवस्था कस्तो होला भनेर ।

 

श्रीमान श्रीमतीको सम्वन्ध नराम्रो भएपनि श्रीमानलाइ अर्को श्रीमती ल्याउन त्यति सहज पनि छैन । श्रीमानले अर्को श्रीमती ल्याउंन ठूलो मूल्य चुकाउनु पर्छ । श्रीमतीलाइ छोड्यो भने कानूनत आधा सम्पति दिनु पर्छ । फेरी वुढेसकालमा अर्को विवाह गर्यो, आउने महिला असल पर्छिन भन्ने पनि के ग्यारेन्टी हुन्छ र । उसलाइ वुढेसकालमा अर्को विवाह गर्न पनि त्यति सहज छैन । त्यसैले सवैभन्दा उत्तम उपाय भनेको भएकै सम्वन्धलाइ अगाडि वढाउनु मात्र हो ।

 

यदी अतीतलाइ विर्सेर, अव हामीवाहेक कोही छैन, वालवच्चाहरू पनि विदेशबाट आउदैनन । एक अर्का प्रति प्रेम र समर्पणभाव व्यक्त गर्न सकिएन भने दुवैको जीन्दगी कष्टकर हुन्छ, त्यसैले मिलेर जानु पर्छ भनेर दुवैजना चले भने बाबुआमाको जीन्दगी पनि यहां राम्रोसंग चल्छ । एक अर्को प्रति लान्छना लाउन छोडेनन, असमजदारी र अहंमा नै दुवैजना वसे भने, वस्न त दुवैजना एउटै छाता मुनी वस्लान तर दुवैजना एक्लाएक्लै हुन्छन । यस्तो अवस्थामा तेश्रोले मज्जाले फाइदा लिन्छ अनि त्यो पीडा वालवच्चा विदेशमा वसेको भन्दापनि भयानक र दर्दनाक हुन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?