१७ चैत्र २०८१, सोमबार
ताजा खबर

प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

नागरिक पोष्ट

सोमबार, १० मंसिर २०८१

3809 views

3809 views

प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

क्यानका अनुसार सोमबार बिहान ८:३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?