७ मंसिर २०८१, शुक्रबार
ताजा खबर

डिजिटल माध्यमबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न प्रधानमन्त्रीकाे आग्रह

नागरिक पोष्ट

बुधबार, २ श्रावण २०८१

4421 views

4421 views

डिजिटल माध्यमबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न प्रधानमन्त्रीकाे आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । 

उनले भनेका छन्-  

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?