८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दिए राजीनामा

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

2857 views

2857 views

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दिए राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाएका थिए । महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत नपाएपछि सरकार ढलेसँगै पोखरेलले पनि राजीनामा दिएका हुन् । आइतबार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नो इच्छा अनुसार नयाँ महान्यायाधिवक्ता नियुक्त गर्नेछन् । ओलीले पूर्व महान्यायाधिवक्ताद्धय रमेश बडाल र अग्नी खरेलमध्ये एक जनालाई नियुक्त गर्ने चर्चा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?