८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

माहेश्वरी महिला मञ्चको अध्यक्षमा ललिता जाजू निर्वाचित

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

2959 views

2959 views

माहेश्वरी महिला मञ्चको अध्यक्षमा ललिता जाजू निर्वाचित

काठमाडौं । मारवाडी समुदाय अन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरको साधारण सभाले ललिता जाजूका अध्यक्षतामा २१ सदस्यीयकार्यसमितिको चयन गरेको छ ।

 

मञ्चको आइतबार आयोजित साधारण सभाले जाजूका अध्यक्षतामा सर्वसम्मतिले कार्यसमितिको छनौट गरेको हो ।

जाजू यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिइन् । साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः अनामिका परतानी र शीतल बाहेतीलाई चुनेको छ ।

सचिवमा कल्पना राठी, सहसचिवमा अर्चना तापडिया र कोषाध्यक्षमा ललिता राठी चुनिएका छन् ।

महिला सशक्तीकरण सचिवमा पूनम राठी, स्वास्थ्य सचिवमा प्रीति अटल, सांस्कृतिक सचिवमा लीला काबरा, सांस्कृतिक सहसचिवमा सन्जु बाहेती र शिक्षा सचिवमा पूजा सोमानी छन् ।

कार्यकारी सदस्यमा विन्दु अटल, प्रीति राठी, चन्दा तापडिया, एकता तापडिया, सरिता राठी, पूजा राठी,पुजा सादानी, मोनाली काबरा र स्नेहा लखौटिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?