८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

पहिलोपटकमै मन्त्री बनेका प्रदीपले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

नागरिक पोष्ट

सोमबार, ३२ असार २०८१

3350 views

3350 views

पहिलोपटकमै मन्त्री बनेका प्रदीपले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं । पहिलोपटक सांसद बनेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।

 

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पहिलोपटक सांसद बनेसँगै मन्त्री पनि बनेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।

साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए । मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?