२३ भाद्र २०८१, आईतवार

ताजा खबर

सुनचाँदीको मूल्य घट्यो, तोलमा कति ?

नागरिक पोष्ट

मंगलवार, २६ असार २०८१

2500 views

2500 views

सुनचाँदीको मूल्य घट्यो, तोलमा कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।


यसअघि सोमबार छापावाल सुन १ लाख ४५ हजार र तेजावी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?