२३ भाद्र २०८१, आईतवार

ताजा खबर

घट्यो सुनको मूल्य, तोलाको कति ?

नागरिक पोष्ट

सोमबार, २५ असार २०८१

2092 views

2092 views

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो । आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा  कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?