७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनल प्रवेश

नागरिक पोष्ट

बुधबार, २० असार २०८१

3945 views

3945 views

टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनल प्रवेश

                         पोस्टमा छिरिसकेको गोल बचाउँ गर्दै टर्कीका गोलरक्षक मेर्ट गुनोक। तस्बिरः डेली मेल

काठमाडौं । टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

मंगलबार राति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।


यता नेदरल्याण्डले रोमानियालाई ३-० गोल अन्तरले हराउँदै प्रतिययोगिताको अन्तिम ८ मा स्थान बनाएको हो।


अब टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनलका अन्य प्रतिस्पर्धामा स्पेनले जर्मनीको सामना गर्नेछ भने इङ्ल्याण्डले स्विटजरल्याण्डसँगको भेट पक्का गर्दा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?