७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल वायुसेवा निगम स्थापनाको ६६ वर्ष पुरा

नागरिक पोष्ट

मंगलवार, १९ असार २०८१

3656 views

3656 views

नेपाल वायुसेवा निगम स्थापनाको ६६ वर्ष पुरा

काठमाडाैं  । नेपाल वायुसेवा निगम ६६ वर्ष पुरा गरी ६७औं वर्षमा प्रवेश गरेको छ । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमा रक्षा गर्नुपर्ने भन्दै यसको विकासका लागि ठोस योजना आवश्यक रहेको बताए ।

उनले विभिन्न आरोह–अवरोहका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा अलग्गै छाप बनाउन सफल भएको निगमले आफ्नो गरिमामा आँच पुर्‍याउनु नहुने बताए ।

स्थापना दिवसको अवसरमा निगमले सोमबार बिहान पदयात्राको आयोजना गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ सहित उच्चपदस्थ अधिकारीहरूको पदयात्रामा सहभागिता रहेको थियो ।

आफ्नो गौरवशाली र उदाहरणीय इतिहास सहित पर्यटन प्रवर्द्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुऱ्याउँदै निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्ने निगमले जनाएको छ ।

१७ असार २०१५ मा स्थापना भएको तत्कालीत शाही नेपाल वायुसेवा निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?