६ मंसिर २०८१, बिहीबार
ताजा खबर

साताको पहिलो कारोबार दिन दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

नागरिक पोष्ट

आईतवार, १७ असार २०८१

3809 views

3809 views

साताको पहिलो कारोबार दिन दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडाैं । साताको काराेबारकाे पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से १४.८३ अंकले घटेर २ हजार ३७ दशमलव ०९ बिन्दुमा खुम्चिएकाे हाे ।

आज काराेबार भएकाे बजारमा ४९ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १९० वटाकाे घटेकाे छ । यस्तै ७ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

सबैभन्दा धेरै गुमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर भाउ ९.३० प्रतिशतले घटेको छ । घटेकाे बजारमा मुक्तिनाथ कृषि कम्पनीकाे सेयर मूल्य भने ७.०६ प्रतिशतले उकालो लागेको छ।

आज काराेबार रकममा पनि गिरावट आएकाे छ । ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। जुन मंगलबारको तुलनामा करिब १३ करोड कम हो।

गत बिहिबार ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ३ अर्ब ७१ करोड ५९ लाखको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?