१० कार्तिक २०८१, शनिबार

ताजा खबर

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

नागरिक पोष्ट

शुक्रबार, १५ असार २०८१

4098 views

4098 views

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

भरतपुर, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको छ । 

सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । 

उहाँले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिनुभयो ।

सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै चितवन आउनुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?