६ मंसिर २०८१, बिहीबार
ताजा खबर

नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीनै जना अनुपस्थित

नागरिक पोष्ट

बुधबार, ६ असार २०८१

6427 views

6427 views

नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीनै जना अनुपस्थित

काठमाण्डाैँ । पहिलो पटकको अन्तर्वार्तामा अनुपस्थित भएका धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार दोस्रो पटकको लागि बोलाइएको समयमा पनि उपस्थित भएनन्। 

 

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ अनुपस्थित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?