३० फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

३८० भन्दाबढी कलाकारको अभिनय रहेको वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक

नागरिक पोष्ट

सोमबार, २८ जेष्ठ २०८१

11221 views

11221 views

३८० भन्दाबढी कलाकारको अभिनय रहेको वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक

काठमाडौं । वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ठमेलमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो । 

निर्माण पक्षले दिएको जानकारी अनुसार यो सिरिज ‘क्राइम एक्सन’ जनराको हो । २४ एपिसोडको यो सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षको दाबी छ । 


निर्देशक एवं लेखकका अनुसार यो सिरिज तीन वर्ष लगाएर तयार गरिएको हो । यसमा सरिता गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अभिनेश शाह, रमेश अधिकारीलगायतको अभिनय रहेको छ । 

यो म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको हो । साउन अन्त्यबाट एपीवान टेलिभिजनबाट यसको प्रसारण गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?