८ मंसिर २०८१, शनिबार
ताजा खबर

सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै

नागरिक पोष्ट

सोमबार, २८ जेष्ठ २०८१

3027 views

3027 views

सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै

काठमाडौं  । संघीय संसदका चारवटा समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाािणज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

सर्वाजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकको कार्यसूचीबारे संसद सचिवालयले केही उल्लेख गरेको छैन ।


यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा छलफल हुने उल्लेख छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।


संसद सचिवालयकाअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?