७ कार्तिक २०८१, बुधबार

ताजा खबर

यस साता ८.२५ अङ्क बढ्यो नेप्से

नागरिक पोष्ट

आईतवार, २७ जेष्ठ २०८१

3707 views

3707 views

यस साता ८.२५ अङ्क बढ्यो नेप्से

काठमाडौं, २६ जेठ । यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० सूचक सामान्य अंकले बढेको छ । यस साताको पाँच दिन कारोबार हुँदा २ दिन बढेको बजार ३ दिन घट्न पुग्यो।

सातामा ८।२५ अङ्कले बढेको नेप्से परिसूचक २०७७।७८ विन्दुमा पुगेर बन्द भएको छ ।गत साताको अन्तिम कारोबार दिन नेप्से २०६९।५३ विन्दुमा रोकिएको थियो ।

यस साता पाँच दिनमा ४ करोड ७ लाख ३७ हजार ५७२ कित्ता शेयर कारोबार हुँदा २० अर्ब ५९ करोड ३५ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार १३ अङ्कले बढेर बजारले सकारात्मक सुरुवात गरेको थियो ।त्यस लगत्तै सोमबार ३।९७ अंकले घट्रन पुग्यो । मंगलबार पुनः बजार ६।२२ अंकले बढेको थियो भने बुधबार ५।५८  र बिहिबार १।९३ अंकले घट्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?