९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट

नागरिक पोष्ट

शनिबार, २६ जेष्ठ २०८१

4625 views

4625 views

डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट

काठमाडौं l डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार राजधानी कोपेनहेगन सहरको मध्य भागस्थित चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका हुन्।


बीबीका अनुसार डेनमार्कको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ । प्रधानमन्त्रीलाई आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेका हुन्। आक्रमणकारी पक्राउ परेका छन्। यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छिन् ।’


आक्रमणकारीसँग सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले घटनालाई घृणित कार्य भनेकी छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?