१० कार्तिक २०८१, शनिबार

ताजा खबर

मातृभाषा संरक्षण गर्न परराष्ट्रमन्त्रीको आग्रह

नागरिक पोष्ट

आईतवार, २० जेष्ठ २०८१

5118 views

5118 views

मातृभाषा संरक्षण गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषालाई संरक्षण गर्न र यसलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी संस्कृति महत्त्वपूणर् भएको औंल्याए ।


उनले आदिवासी जनजाती संस्कति र संस्कारलाई सञ्चारमाध्यममा प्रयोग गर्न सकिएन भने मातृभाषा विस्तारै लोप हुँदै जाने बताए । उनले भने,‘मातृभाषा बढाउनुपर्छ । यसलाई संकुचित रूपमा बुझ्नु हुँदैन । हाम्रो आदिवासी संस्कृति महत्त्वपूणर् छ जसले अधिकांश मातृभाषाहरूलाई अँगालेको छ । त्यसैले हामीले आफ्नो मातृभाषालाई बचाएर आदिवासी जनजातिसँग सञ्चार माध्यमको रूपमा प्रयोग गर्न सकेनौं भने विस्तारै लोप हुँदै जान्छ ।

भाषा मात्र नभई सबैभन्दा बढी भाषालाई अंगालो हाल्ने समुदाय पनि लोप हुँदै जान्छ ।’ मातृभाषा प्रकाशन वा पत्रकारिता गर्ने मात्र नभई यस्तो संस्कृति जोगाउने कार्यमा पनि लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?