१० कार्तिक २०८१, शनिबार

ताजा खबर

गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा

नागरिक पोष्ट

आईतवार, २० जेष्ठ २०८१

5390 views

5390 views

गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। रिट पाँचौँ नम्बरमा पेशी रहेको छ। यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो । पोखरेलको इजलासमा परेको पेशी निवेदन आफैँले स्थगितका लागि निवेदन दिँदै हटाएका थिए ।


लामिछानेलाई सहकारी ठगीमा क्लिनचिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको थियो। महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनै पनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए । उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो । सुरुमा अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।

दरपिठ भएपछि त्यसविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो । उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदैछ। सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?