१० कार्तिक २०८१, शनिबार

ताजा खबर

पौडेल जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत

नागरिक पोष्ट

बिहीबार, १७ जेष्ठ २०८१

4336 views

4336 views

पौडेल जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मापौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत हुनुभएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० र धारा ३७ ९१० ९ग० बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गर्नुभएको पर्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मनुभएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका थिए । उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री भएका थिए।

त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उनले काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?